४ बैशाख २०८१, मंगलवार
Follow Us

के केमा बढ्यो कर ?

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार ०२:३८

काठमाडौं–सरकारले आगामी आर्थिक बर्षको बजेटमा करयोग्य सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने नीति लिएको छ ।

सधैजस्तै यस बर्षको बजेटमा मदिरा, चुरोट र अन्य सूर्तिजन्य पदार्थको भन्सार र अन्तःशुल्कमा वृद्धि गरिएको छ । यससँगै यी पदार्थको बजार मूल्य पनि बढ्नेछ ।
देश आत्मनिर्भर भएका वस्तुहरु जस्तै चिया, कफी, दुग्ध पदार्थ, घ्यू, कुखुराको मासु, केराउ, बदाम, आलु चिप्सको आयातमा भन्सार दर बढाइएको छ ।

त्यस्तै आयात हुने बिस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनरल वाटर, चिनी तथा सख्खर चकलेट, चुइङ्गम, पास्ता, जस्तापाता, जुत्ता चप्पल, धागो र त्रिपालजस्ता बस्तुमा पनि भन्सार दर बढ्ने भएको छ ।

भन्सार दर बढ्दा यी आयातित बस्तुको बजार मूल्य फरक पर्नेछ । गोरखापत्र दैनिकमा खबर छापिएको छ।