१३ बैशाख २०८१, बिहीबार
Follow Us

बा-आमाको भत्ता एक हजार बढ्यो : १५ अर्ब ६० करोड व्ययभार थप

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार ०२:५०

काठमाडौं–तत्कालीन नेकपा एमालेको सरकारले ०५१ मा सुरु गरेको वृद्धभत्ता कार्यक्रमले वृद्धवृद्धालाई महिनामा एक सय रुपैयाँ पाउने व्यवस्था गरेको थियो ।

वृद्धभत्ता विकसित हुँदै जाँदा वृद्धवृद्धाले अब दिनमै सय रुपैयाँ पाउने भएका छन् । वृद्धभत्ता अहिले मासिक तीन हजार रुपैयाँ पुगेको छ । यसरी १३ लाखजनालाई मासिक हजार रुपैयाँ थप गर्दा वार्षिक १५ अर्ब ६० करोड व्ययभार थपिने भएको छ । वृद्धभत्ता गत साल नै बढ्ने अपेक्षा गरिए पनि सरकारले निराश बनाएको थियो । नयाँ पत्रिकामा खबर छ ।