११ बैशाख २०८१, मंगलवार
Follow Us

पेट्रोल, डिजेलगायतको पनि मूल्य बढ्यो

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार ०२:५६

काठमाडौं– बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ ।

हाल यो शीर्षक (सडक मर्मतसम्भार कर) अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ ।

१ साउनदेखि पेट्रोलबाट पाँच रुपैयाँ र डिजेलबाट तीन रुपैयाँ कर उठाउन सुरु हुनेछ । यो करको भार उपभोक्ता मूल्यमा हुनेछ । यसअघि आव ०७३–७४ देखि बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोल, डिजेल र हवाई इन्धनबाट समान पाँच रुपैयाँ प्रतिलिटर कर उठाउँदै आइएको छ । त्यस्तै, पास्ता, चिप्सलगायत उत्पादनमा पहिले प्रतिकिलो १५ रुपैयाँ अन्तःशुल्क तिर्नुपथ्र्यो भने अब १७ रुपैयाँ तिर्नुपर्नेछ । नयाँ पत्रिकाले खबर छापेको छ ।