७ बैशाख २०८१, शुक्रबार
Follow Us

आज भारत जाँदै ओली, मोदीसँग विशेष भेटवार्ता

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार ०४:०१

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारतको औपचारिक भ्रमणमा जान लागेका छन् ।
ओली नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो एक बजेर ३५ मिनेटमा दिल्लीको लागि प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ ।
भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको सपथका कार्यक्रममा सहभागी हुन ओली दिल्ली जान लागेका हुन् ।
दोस्रो कार्यकालका लागि मोदीले बिहीबार पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

दिल्लीमा रहँदा ओलीले मोदीसँग विशेष भेटवार्ता गर्नेछन् ।