६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा तीन प्यानल

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार ०६:०५


मिलन दाहाल ।

अष्ट्रेलिया । चिसो बढ्दै गरेको अष्ट्रेलियामा गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाको निर्वाचन नजिकिएसँगै चुनावी गर्मी बढेको छ । उम्मेदवारहरूले समूहगतरूपमा नै आफ्नो उम्मेद्वारी घोषणा गरेका कारण अष्ट्रेलियाभरी नै प्रगतिशील र प्रजातान्त्रिक धार स्पष्ट रुपमा नै छुट्टिएको छ ।

प्रगतिशिलतर्फको नेतृत्व दिनेश पोखरेलले गरेका छन भने प्रजातान्त्रिकतर्फको नेतृत्व केशव कँडेलले गर्दैछन् । दिनेश पोखरेलले नेतृत्व गरेको समुहमा बिभिन्न जातजाति, धर्म, व्यवसाय आदिका उम्मेदवारहरूलाई समावेश गर्दै नाम नै “समावेशी समुह“ दिइएको छ । उता केशव कँडेलले भने “एनआरएनए रुपान्तरण“ को नारा अघि सारेका छन ।

दिनेश पोखरेलको टिममा महासचिब सन्तोष दाहाल, सचिब उषाकिरण वारिया पोखरेल, कोषाध्यक्ष कपिल पाण्डे, युवा संयोजक बिनोद पौडेल रहेका छन । यसैगरी अन्तराष्ट्रिय समन्वय समिति सदस्यहरूमा चोलाकान्त भुसाल, शमिम अन्वर, राजु मानन्धन, शम्भु कँडेल, निराजन गौली र अशोक केसी रहने बुझिएको छ ।

केशव कडेंलको टिममा भने महासचिवमा डा। ज्ञानेन्द्र रेग्मी, सचिवमा परेस घिमिरे, कोषाध्यक्षमा अनिल पोखरेल (सीपीए) र युवा संयोजकमा इर्शौद अहमदलाई उम्मेद्वार बनाइएको छ । कडेल समुहबाट अन्तराष्ट्रिय समन्वय समिति सदस्यहरूमा छवि सापकोटा, अरुण कुमार ठाकुर , दिपक शर्मा, राजु अधिकारी, सूर्य आचार्य, सन्तोष कुँवर र नारायण काफ्ले उम्मेदवार रहने बताइएको छ ।

पोखरेलको समुहबाट न्यु साउथ वेल्समा देव गुरुङले, साउथ अष्ट्रेलियाबाट रेनुका लामाले, क्विन्सल्याण्डमा धिरेन्द्र थापाले, भिक्टोरियामा महेन्द्र कार्कीले र वेस्टर्न अष्ट्रेलियामा कृष्णमान श्रेष्ठले नेतृत्व गर्ने बुझिएको छ ।

कँडेल समुहबाट भने न्यु साउथ वेल्समा डिला खरेलले, साउथ अष्ट्रेलियामा नविन पन्तले, क्विन्सल्याण्डमा उमेश खड्काले, भिक्टोरियामा प्रेम कँडेलले र अस्ट्रेलियन क्यापिटल टेरिटरीमा चुडामनी सापकोटाले गर्ने बुझिएको छ ।