८ बैशाख २०८१, शनिबार
Follow Us

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार १०:२९

काठमाडौं(लागूऔषध मुद्दामा थप अनुसन्धान नगर्न भनि प्रहरीलाई नगद १० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने झापा दमक नगरपालिका(१६ बस्ने १९ वर्षीय अभिषेक कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत १३ गते सोमबार राति महानगरीय प्रहरी प्रभाग बलम्बुमा लागूऔषध मुद्दामा म्याद थप अनुसन्धानका लागि राखिएका थुनुवालाई भेट्न आएका ललितपुर बालकुमारी बस्ने २२ वर्षीय धर्मेन्द्र लिम्बु र ललितपुर ईमाडोल बस्ने १९ वर्षीय सुजन बम ठकुरीलाई नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट र करिब ३ ग्राम कालो चरेस जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये धर्मेन्द्र लिम्बुलाई खोजेको समयमा उपस्थित हुने गरी मंगलबार निजको आफन्त अभिषेक कार्कीको जिम्मा लगाई पठाइएकोमा अभिषेक कार्कीले धर्मेन्द्र लिम्बुको बारेमा थप अनुसन्धान नगर्न भनि महानगरीय प्रहरी वृत्त थानकोटमा आई प्रहरीलाई प्रलोभन देखाई उक्त नगद दिन खोजे पश्चात उनलाई पक्राउ गरेको हो ।
पक्राउ अभिषेक कार्कीलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ ।