१५ चैत्र २०८०, बिहीबार
Follow Us

ओली भारत प्रस्थान, भोलि नै फर्किने

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार १०:३०

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् ।
ओली दिल्ली प्रस्थान गर्दा विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्री तथा नेकपाका नेताहरु बिदाई गर्न पुगेका थिए ।

बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट ओली दिल्ली गएका हुन् । उनी शुक्रबार स्वदेश फर्किनेछन् ।
भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम रहेको छ ।