१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रक्षा मन्त्री खाँड बेल्जियम आउने

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७३, बुधबार १६:५८

लन्डन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवंम रक्षा मन्त्री बालकृष्ण खाँड बेल्जियम आउने भएका छन् । फ्रान्सको राजधानी पेरीसका आयोजना भएको एक सरकारी औपाचारिक कार्यक्रम सकेर मन्त्री खाँड विहीवार लुभेन आउन लागेको गैरआवासीय नेपाली सँघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले जनाए ।

मन्त्री खाँडको सम्मानमा गैरआवासीय नेपाली सँघ बेल्जियमले उनको सम्मानमा अन्तरक्रिया तथा रात्रिभोजको आयोजना गर्दैछ । यस्तै मन्त्री खाँडले शुक्रवार त्यहाँस्थित नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुसँग शुक्रवार विहानभेटघाट गर्ने कार्यक्रमतय गरिएको छ । मन्त्री खाँड शुक्रवार साँझनै पेरिस विमानस्थलबाट नेपाल फर्किने तयारीमा छन् ।