७ बैशाख २०८१, शुक्रबार
Follow Us

बस र ट्रक एकआपसमा ठोक्किदा २ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार १०:३१

नवलपुरको देबचुलीमा आज दिउसो बस र ट्रक एकआपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् ।

दुर्घटनामा परि गम्भिर घाईते भएर पुरानो मेडिकल कलेज भरतपुर पु¥याईएका २ जना महिलाको उपचारका क्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले बताए ।

मृतकहरुको सनाखत भएको छैन ।

देबचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक नजिकै ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।