१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दिल्लीमा मोदीलाई भेटेर ओलीले दिए शुभकामना

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार १७:२४

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका समकक्षी केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।

दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोह सकिएपछि ओलीले मोदीलाई भेटेर बधाई दिएका हुन् ।

उनले मोदीसँग हात मिलाउँदै बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए ।

ओली आजै मोदीको सपथग्रहणमा सहभागी हुन दिल्ली प्रस्थान गरेका थिए । दिल्लीमा रहँदा ओलीले मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रमम रहेको छ ।