१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोदीले बनाए जम्बो मन्त्रिमण्डल

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार १७:३०

नयाँदिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि पद तथा गोपनियताको सपथ लिएका छन् । उनले दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमार्फत राष्ट्रपति रामनाथ कोभिन्दबाट इश्वरको नाममा सपथ लिएका हुन् ।
मोदीले २४ मन्त्री, ९ राज्यमन्त्री (स्वतन्त्र) र २४ राज्यमन्त्री गरी ५७ सदस्सीय मन्त्रिमण्डल गठन गरेका छन् । विगतको तुलनामा मोदीको यो जम्बो क्याबिनेट हो । पहिलो कार्यकालमा उनले ४९ सदस्सीय क्याबिनेट बनाएका थिए ।
राष्ट्रपति भवनमा मन्त्री तथा राज्यमन्त्रीको सवा २ घण्टा सपथ कार्यक्रम चलेको थियो । मन्त्री तथा राज्यमन्त्रीले हिन्दी र अंग्रेजीमा सपथ लिएका थिए । गत लोकसभा निर्वाचनमा भाजपा गठबन्धले बहुमत ल्याएसँगै दोस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री बनेका हुन् । मोदी सरकारको कार्यकाल २ वर्षको हुनेछ।