७ बैशाख २०८१, शुक्रबार
Follow Us

राहुल गान्धीलाई हराएर सांसद बनेकी स्मृति ईरानी बनिन् मन्त्री

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार १७:३३

काठमाडौं– भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई हराएर सांसद बन्न सफल स्मृति ईरानी नरेन्द्र मोदी सरकारको मन्त्री बन्न सफल बनेकी छन् । उत्तर प्रदेशको अमेठीमा राहुललाई पराजित गरेर उनी चर्चामा आएकी थिइन् ।
स्मृति ईरानीले मोदी क्याबिनेटमा यसअघि पनि महत्वपूर्ण भूमिका निभाइसकेकी थिइन् । गान्धी परिवारको परम्परागत संसदीय सिट अमेठी यसपटकको चुनावमा भाजपाले बाजी मारेको थियो । राहुल इरानीसँग ५५ हजार १२० मतले पराजित भएका थिए ।