१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राहुल गान्धीद्वारा राजीनामा फिर्ता लिन अस्वीकार

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार १७:३६

काँग्रेस कार्यसमितिले राहुल गान्धीको राजीनामा प्रस्ताव सिधै अस्वीकार गरेपनि राहुलले आफ्नो राजीनामा प्रस्ताव फिर्ता लिन नमानेको खबर छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार राहुलले अरु अब नयाँ आउने अध्यक्षलाई आफू पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
असमका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ काँग्रेस नेता तरुण गोगोईले राहुलले नयाँ पार्टी अध्यक्षलाई मद्यत गर्न आफू तयार रहेको बताएको जनाए ।
उनका अनुसार अध्यक्ष नहुँदा पनि राहल भाजपा तथा नरेन्द्र मोदीको विरुद्ध आफ्नो अभियान जारी राख्नेछन् ।