४ बैशाख २०८१, मंगलवार
Follow Us

जातीय भिडन्तमा २२ जनाको मृत्यु

sarusaru
१७ जेष्ठ २०७६, शुक्रबार ०२:०९

जुबा । जातीय समूहबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सीमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सुडानका सूचनामन्त्री मिचेल मयौतले सिन्ह्वालाई दिएको जानकारीअनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक–फरक स्थानका युवा हुन् ।

यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरू १८ जना घाइते भएका थिए ।
प्रवक्ता मयौतले मङ्गलबार भएको झडपका क्रममा अरू झण्डै तीन हजार जना लुटिएको पनि जानकारी दिए । “मङ्गलबार बिहान शुरु भएको झडप राति अबेरसम्म चलेको थियो,” उनले भने ।

दक्षिण सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन् । उनीहरूको भिडन्तका क्रममा सयौँ मारिएका छन् भने त्योभन्दा धेरै घाइते भएका छन् । त्यसैगरी अरू धेरै जना लुटिएको अधिकारीहरूले जनाएका छन् ।
रासस/सिन्ह्वा