१३ बैशाख २०८१, बिहीबार
Follow Us

अन्धविश्वासको पाशविक रूपः यौनशक्ति बढाउन नरबली

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७६, शुक्रबार ०३:३३

आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ ।

गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन ।

अन्धबिश्वासमा बिश्वास गर्दै आएका महतोले आफूमा अपार दैवीशक्ति पाउन र यौनइच्छालाई दर्बिलो बनाउन बालको बलि चढाएको प्रहरीलाई बताएका थिए ।

उनले प्रहरीलाई दिएको बयानमा २ बर्ष देखि श्रीमतीसंग शारिरिक संभोग नगरेको र नरवली दिएपछि यौन शक्ति तथा दैवी शक्ति बढ्ने सुनेको कारण समिरकुमारको हत्या गरेको स्वीकार गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।