६ बैशाख २०८१, बिहीबार
Follow Us

वृद्धभत्ता बढेपछि ज्येष्ठ नागरिक आन्दोलन अन्त्य

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७६, शुक्रबार ०३:४६

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक तीन हजार रूपियाँ पु¥याएसँगै गत आठ वर्षदेखि मिनभवनमा आन्दोलनरत ज्येष्ठ नागरिक आन्दोलन अन्त्य भएको छ ।
ज्येष्ठ नागरिकको सेवा सुविधा र हकहितका लागि २०६७ साल फागुन २४ गतेदेखि शुरू भएको सडक आन्दोलन बिहीबारदेखि समाप्त भएको घोषणा गरिएको हो ।
बिहीबार मीनभवनमा जम्मा भएका करिब दुई सय ज्येष्ठ नागरिकले सरकारको जयजयकार गर्दै आफूहरूको सडक आन्दोलन समाप्त भएको र अबको आन्दोलनको स्वरूप परिवर्तन गरिने बताए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईलेज्येष्ठ नागरिकको धर्ना स्थलमै पुगी धर्नाको ब्यानर झिकेर ज्येष्ठ नागरिकको आन्दोलन समाप्त भएको घोषणा गरे । गोरखापत्र दैनिकमा खबर छ ।