१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सामाजिक सञ्जालको दुरुपयोग होइन सदुपयोग गरौं

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७३, बिहीबार ०८:००

चितवन । ‘के को लागि यो र्याली हो’ भरतपुर १२ मालपोतका फलभु ‘फुल व्यवसायी शान्ति भण्डारी फलफुलले भरिएको ठेला सार्दै सोधिन् । उनको ठेला निर आइपुगेकी’ अन्तर पार्टी महिला सञ्जाल चितवनकी अध्यक्ष संगीता भट्ठराईले ‘ फेसबुक लगायतका सामाजीक सञ्जालका कारण समाजमा धेरै खाले असर पर्यो त्यसैले सामाजीक सञ्जालको दुरुपयोग रोक्न निकालिएको सचेतना र्याली हो भन्दै फलफुल व्यवशायी शान्तिको जिज्ञासा मेटाइन् । त्यसपछि शान्ति फेरी बोलीन् यो फेसबुकले त कति श्रीमान श्रीमती को नै छुटनाम पनि भाको छ रे यसमा त, हेर्न हुनृी नहुनी कुरा पनि राख्छन् रे । वास्तवमा फेसबुकको अकाउन्ट नखोले पनि फेसबुकलगायत वर्तमानमा प्रचलित सामाजिक सञ्जालले समाजमा असर पुर्याएको बारे जानकार थिइन् उनी । उनीमात्र हैन सामाजीक सञ्जाल प्रयोग कर्ताहरु पनि यतिखेर चिन्तीत छन् । प्रविधीको प्रयोग सगँ दुरुपयोग पनि बढ्न थालेको प्रायको ठम्माई छ । सामाजीक सञ्जाल का कारण धेरै खाले हिसा , अपराधजन्य घटनाहरु पनि हुने गरेको पाइएको छ । बुधवार चितवनका महिला अृिधकार कर्मिहरुले सामाजीक सञ्जालमा प्रयोगको नामा दुरुपयोग बढ्न थालेको भन्दै सचेतना र्यालीको आयोजना नै गरे । भरतपुरको चौविसकोठीबाट शुरु भएको र्याली अस्पताल रोड ,प्रहरी कार्यलय अदालत , शिक्षाकार्यलय मालपोत कार्यलय जिल्ला प्रशाशन कार्यलयमा पुगेर चितवनका साहायक सीडीयोलाई ज्ञापन पत्र बुभाउदै समापन गरिएको थियो । स फेसबुकमा होइन कोर्सबुकमा ध्यान दिऔ ,सामाजीक सञ्जालको प्रयोग सामाजीक कार्यको लागि गरहौ , समाजीक सञ्जालले समाज जोड्दै कि तोड्दै ? हामीले सामजीक सञ्जाललाई सही ढंगले प्रयोग गरेनौ भने समाजिक सञ्जालले हामीलाई प्रयोग र्गछ लगायतका नाराहरु लेखीएका प्लेकार्डहरु र्यालीमा सहभागीहरु बोकेका थिए । चितवन जिल्लामा रहेका १ सय ७ संघसस्थाहरु सहभागी सो र्यालीमा सहभागीता जनाएका थिए । सूचना, प्रविधि, एव सामाजिक सञ्जालको विकास संगै यसको दुरुपयोगबाट समाजमा देखा परेका विक ृति, विसंगति, अपराधजन्य गतिविधि र महिला विरुद्धका हिंसालाई मध्येनजर गर्दै ¥यालीको आयोजना गरिएको हो ।
सूचना प्रविधिलाई हरेक विकशित देशले आत्मसाथ गर्दै गतिशिल भैरहेको छ । तर हाम्रो जस्तो विकासोन्मुख देशमा सामाजिक संजालको सदुपयोग संगै दुरुपयोगको शृंखलाको पछिल्लो शिकारबाट सामान्य नागरिकदेखि राज्यको उच्च ओहदामा रहेका व्यक्तिहरु समेत सामजीक सञ्जालको दुरुपयोगमा परेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।