७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजदूत सुवेदीले जवानी यसरी पोखे पछि‍‍….. (भिडियो)

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७३, बिहीबार ०८:२६

लन्डन । बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले बेलायतका लागि नवनियुक्त राजदूत दुर्गा बहादुर क्षेत्रीलाई स्वागत तथा सम्मान गरेको छ ।

१०८ औं महाकवि देवकोटा जयन्तीको अवसरमा विभिन्न साहित्यीक कार्यक्रमहरूको साथमा नवनियुक्त राजदूतको सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै राजदूत सुवेदीले विदेशमा बस्ने सबै नेपाली देशको राजदूतको रुपमा आफुले लिएको बताए । उनले विदेशमा आइसके पछि पहिलो आफु नेपाली भन्ने भावना हुनु पर्ने भन्दै जात, धर्म, राजनीति भन्ने कुरा पछि आउने बताए ।

बुधवार साँझ वेम्ली स्थित वैम्ली तन्दूरीमा आयोजना गरिएको कार्यक्रममा राजदूत सुवेदीलाई धातुपत्र र काव्यीक सम्मानपत्र परिषद्का कार्यवाहक अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले पढेर सुनाएर कर्तल ध्वनीकासाथ महामहिम विशिष्ठ सम्मान् अर्पण गरे ।

कार्यक्रममा महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्तीको तस्वीरमा माल्यार्पण समेत गरिएको थियो ।
कार्यक्रममा राजदूत सुवेदीले कवि तथा गीतकार घन बहादुर थापा मगरको नयाँ कृतिहरू मेरो चिनो मेरो देश कविता संग्रहको विमोचन र मायाको संसार गीत एल्वमको लोकार्पण गरे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राजदूत सुवेदी लगायत उपस्थित साहित्यकारहरुले आआफ्नो रचना प्रस्तुत गरेका थिए । कार्यक्रमा खगेन्द्र नेपाली, कुल आचार्य, पशुपति भण्डारी, रामशरण सिम्खडा, ध्रुव केसी, आरति श्रेष्ठ, पिप्ला देवान, चिरन्जीवी ढकाल, कृष्ण भट्ट, तेजेन्द्र रेग्मी, दाशु पाण्डे लगायत साहित्य प्रेमीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको संचालन सुधा श्रेष्ठ र ज्ञानेन्द्र राहुतले गरेका थिए ।
unnamed-1
14708105_1445359995477704_6160795445843588490_n
14591721_1445361642144206_7100432241559092938_n

14691111_1445358822144488_3181587776624383734_n

14708130_1445357178811319_3001031937072750849_n

14718680_1445362465477457_5584013027220829177_n

14724427_1445359048811132_4433025042726193143_n

14732178_1445358645477839_8930415721599280308_n

unnamed

– कोमल मल्लको सहयोगमा
– फोटो – एभ्रेष्ट गौतम