१५ चैत्र २०८०, बिहीबार
Follow Us

गायिका कला लम्सालको आयो धमाकेदार गीत (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७६, शुक्रबार १९:२४

काठमाडौं– गायिका कला लम्साल र गायक चन्द्र शर्माको स्वर रहेको लोक दोहोरी गीत ‘भेटियौ धन्न’ बोलको गीतको बजारमा आएको छ । गीत बिन्ध्याबासिनी म्यूजिकमार्फत हालैमात्रै बजारमा आएको हो ।
गीतमा आफूलाई मायाँ गर्ने मान्छे भेटिएपछिको हर्स र खुसीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
यूट्यूवमार्फत रिलिज गरिएको भिडियोमा कलासँगै र शंकर बिसीले अभिनय गरेका छन् भने गीतको लय एक नारायण भण्डारीले संकलन गरेका हुन् ।
बिनोद बाजुरालीको एरेन्ज रहेको गीतको रेकर्ड मालाश्री रेकर्डिङमा गरिएको हो । यस्तै शंकर बिसीकै निर्देशन रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।
अहिले देशदेखि विदेशसम्म कार्यक्रममा व्यस्त कलाले यो गीत दर्शन स्रोताले अत्याधिक मन पराइदिनेमा आफू विस्वस्त रहेको प्रतिक्रिया दिइन् ।