१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुन्दरताकी खानी सिर्जु (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७६, शुक्रबार २१:२२

फोटो: राजेन्द्र पौडेल

नेपाली साँगितिक क्षेत्रमा ‘मेरो फिगर कोकाकोला’,‘प्यार प्यार’ , ‘छेकेन जामाले ’ ,‘फुच्ची फुच्ची’ ‘मायालाई जिन्दाबाद’ जस्ता आधुनिक, पप र दोहोरी गीतहरु अत्यन्त चर्चित छन् । यी गीतहरुले दर्शक स्रोताहरुको मा मात्र जितेको छैन यसका स्रस्टाहरुलाई नेपाली साँगितिक आकाशमा चर्चित समेत बनाएको छ । यी चर्चित गीतहरुकी गायिका र मोडल हुन सिर्जु अधिकारी । बिगत १० बर्ष देखि नेपाली साँगितिक क्षेत्रमा क्रियाशिल सिर्जुले गायिका, मोडल र संगितकारको रुपमा समेत आफ्नो पहिचान स्थापित गरिसकेकी छिन् ।

रामचन्द्र काफ्लेले गाएको ए कान्छी रानीबनमा हावा सररबोलको गीतमा मोडलिङ गरेर सुरु भएको सिर्जुको साँगितिक यात्रामा उनले सयौं गीतहरुमा आफ्नो श्वर र अभिनय क्षमता प्रस्तुत गरिसकेकी छिन् । कुलेन्द्र बिकसंग मिलेर गाएको ‘मायामा हाल उजुरी’बाट साँगितिक क्षेत्रमा स्थापित भएकी सिर्जु दोहोरी, पप ,आधुनिक सबै गायनमा पोख्त छिन् ।

नेपाली कलाकारीता क्षेत्रमा बहुमुखी प्रतिभाकी खानी मानिने सिर्जुले पूर्णकला बिसी र रामजी खाँणको ‘खाडी मुलुक’ एल्वममा गरेको जीवन्त अभिनयले धेरै दर्शकहरुको मन जित्न सफल भएको थियो । नेपाली कलाकारीता क्षेत्र भित्र बौद्धिक व्यक्तित्व, सुन्दरताकी खानी र मिलनसार स्वभावको छवी बनाउन सफल दाङ तुलसीपुरकी सिर्जु अधिकारी ।