१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालीलाई झस्काउने एस जयशंकर, जो भारतीय विदेशमन्त्री बने

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७६, शनिबार ०३:०६

काठमाडौं– ०७२ असोज ३ गते संविधान जारी गर्ने मिति तय भएपछि असोज १ गते प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर काठमाडौं उत्रिएका थिए तत्कलीन भारतीय विदेश सचिव एस जयशंकर ।
झण्डै २४ घण्टा काठमाडौं बस्दा उनले नेपाली नेताहरुसँग जसरी व्यवहार गरे त्यसबारे राजनीतिक वृृत्तमा सुमधुर सम्बन्ध छैन ।
उनी फर्किनासाथ नेपालमा संविधान घोषणा भयो, लगत्तै भारतले अघोषित नाकाबन्दी लगायो । तिनै तत्कालीन विदेश सचिव जयशंकर पुनः निर्वाचित मोदी सरकारका विदेशमन्त्री बनेका छन् ।
मोदीको सपथग्रहमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्रि फेरिँदैमा दुई देशको सम्बन्धमा फरक नपर्ने प्रतिक्रिया दिएका छन् ।
संविधान जारी गर्ने बेला दूत बनेर आएका जयशंकरको व्यवहार नेपाली नेताहरुको मानसपटलमा भने नमेटिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
एक नेताका अनुसार उनले कुटनीतिक पर्यादा नाघेर उनले ‘संविधान जारी नगर’ भनेका थिए ।