१४ बैशाख २०८१, शुक्रबार
Follow Us

समाजवादी पार्टी र राजपाबीच खटपट

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७६, शनिबार ०३:११

नीति तथा कार्यक्रम प्रस्तुत हुनु दुई दिनअघि प्रदेश २ मा सत्ता घटक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच खटपट सुरु भएको छ ।
सरकारको नेतृत्व लिएको समाजवादी दलले सत्ता गठबन्धन दलसँग बजेटको नीति तथा कार्यक्रम तयार पार्दा परामर्श नगरेको भन्दै राजपाले आफ्ना सांसदलाई छलफलमा भाग नलिन निर्देशन दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।