१३ बैशाख २०८१, बिहीबार
Follow Us

घले दम्पती अस्ट्रेलियाको ७८ औं धनी

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७६, शनिबार ०९:०१

लण्डन। नेपाली मुलका अष्ट्रेलियाली व्यवसायी दम्पती शेष तथा जमुना घलेले अष्ट्रेलियाको धनीको सुचीमा ठुलो फड्को मारेका छन् । यहाँस्थित ब्यवसायिक पत्रिका अष्ट्रेलियन फाइनान्सियल रिभ्युले निकालेको नयाँ सुचीमा उनीहरु १ दशमलव १८ बिलियन डलर सहित ७८ औं नम्बरमा पर्न सफल बनेका छन् ।

नेपालको गोर्खामा जन्मिएका शेष घले करिब दुई दशकअघि बिद्यार्थीका रुपमा अष्ट्रेलिया भित्रिएका थिए । बिद्यर्थीको रुपमा मेहनत गरेर करिब सन २००२ देखि घरजग्गाको ब्यवसायमा हात हालेका उनी पहिलोपटक सन २००९ मा बिआरडब्लु पत्रिकाले सार्वजनिक गर्ने अष्ट्रेलियाली धनीहरुको सुचीमा पर्न सफल बनेका थिए ।

लामो समयदेखि अष्ट्रेलियाका धनीहरुको सुची सार्वजनिक गर्दै आएको फाईनान्सियल रिभ्युले सार्वजनिक गरेको सुचीमा उनी १ दशमलव एक बिलियन डलर सहित ७८ औं धनी बन्न सफल बनेका हुन् । यसअघि गत मार्चमा त्यहाकै प्रतिष्ठित पत्रिका द अष्ट्रेलियनले सार्वजनिक गरेको धनीहरुको सुचीमा उनी १ दशमलव १ बिलियन डलर सहित अष्ट्रेलियाको ८५औं धनीको सुचीमा सुचिकृत भएका थिए ।

घले दम्पती पहिलोपटक यसबर्षदेखि अष्ट्रेलियाको बिलिनियरको सुचीमा पर्न सफल बनेका हुन् । गतबर्ष ८ सय ७६ मिलियन डलर सहित ८१ औं धनीको सुचीमा पर्न सफल भएका थिए ।