१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल–भारत संयुक्त आयोगको बैठक दिल्लीमा

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७३, बिहीबार ०८:०९

नयाँदिल्ली । नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय बैठक आजबाट भारतको राजधानी नयाँ दिल्लीमा शुरु हुँदैछ । नेपाल र भारतबीच विगतमा भएका सन्धी सम्झौताका बिषयमा छलफल गर्न संयुक्त बैठक आयोजना गरिएको हो । बैठकमा पछिल्ला समय भएका ऊर्जा तथा जलविद्युत, सडक निर्माण, डुबान लगायतका समस्यामा छलफल हुने बताइएको छ । साथै सीमा सुरक्षा, प्रसारण लाइन र भूकम्पपछिको सहयोग जस्ता विषय पनि छलफलका एजेण्डा छन् । सीमापार प्रसारण लाइन र उर्जा व्यापार सम्झौतामा देखिएका ब्यवधान, डुबानको मुद्दा, सिँचाइ संयन्त्र थप गर्ने लगायत हुलाकी सडकका विषयमा समेत बैठकमा छलफल हुने परराष्ट मन्त्रालयले जनाएको छ । दुई दिन चल्ने बैठकको पहिलो दिन बुधबार दुई देशका परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न भएको छ। सन् १९८७ मा गठन भएको संयुक्त आयोगको बैठक दुई वर्ष अगाडि काठमाडौंमा बसेको थियो ।