१५ बैशाख २०८१, शनिबार
Follow Us

क्रान्तिकारी पत्रकार महासंघको सम्मेलन सम्पन्न

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७६, शनिबार ०९:०६

बुटवल । क्रान्तिकारी पत्रकार महासंघको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले पत्रकार इन्द्र राउतलाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा टेकबहादुर मास्कीराना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा र अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डेलाई निर्वाचित गरेको छ । सम्मेलनले सदस्यहरुमा लोकराज जैसी, दामोदर खनाल, मधुकर थापा, गोपाल जिसी, केशव अविरल, शिवशंकर पाण्डे, धनन्जय अवस्थी, कुमार भट्टराई, राजेन्द्र सुवेदी, सागर श्रेष्ठ, विष्णु आले, दिनेश श्रीवास्तव, प्रेम कँडेल, शोभा जिसीलगायतलाई निर्वाचित गरेको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको भवनमा नेकपा ९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्य‘किरण’ले पानसमा बत्ति बालेर उद्घाटन गरेको सम्मेलन उद्घाटन र वन्द सत्र गरी दुई सत्रमा सम्पन्न भएको थियो । इन्द्र राउतको अध्यक्षता र सचिव रामकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको सम्मेलनमा महासचिव किरण लगायत क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, क्रान्तिकारी माओवादीकै पीवीएम तथा ५ न। प्रदेशका सचिव प्रेम सुवेदी, महासंघका सल्लाहकार हिरामणि दुःखी, प्रगतिशील पत्रकार संघका कोषाध्यक्ष श्याम पोखरेल, जनपत्रकार संगठनका केस शिव डुम्रेलगायतले सम्मेलनमा शुभकामना मन्तव्य दिएका थिए ।
सम्मेलनमा अग्रज तथा संगठनका सल्लाहकार हिरामणि दुःखी, संगठनका पूर्व अध्यक्ष कुमार शाह, बरिष्ठ फोटो पत्रकार जय नारायण दाहाल, बरिष्ठ पत्रकार बाबुराम गिरीलाई जनपक्षीय पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरियो ।
सम्मेलनले सल्लाहकार समिति, अनुशासन समिति र लेखा समिति निर्माण गरेको छ । पाँच सदस्यीय सल्लाहकार समितिमा हिरामणि दुःखी, कुमार शाह र नारायण पंगेनी सदस्य रहेका छन् भने अनुशासन समितिमा कुमार शाह, नारायण पंगेनी र सुशिला आचार्य रहेका छन् । लेखा समितिमा इश्वरीप्रसाद गैरे, प्रदिप श्रेष्ठ र आयुष न्यौपाने रहेका छन् ।
सम्मेलनले मिडिया काउन्सील विधेयकका विरुद्ध विरोध प्रस्ताव पारित गर्दै अविलम्ब फिर्ताको लागि जोडदार माग गरेको छ भने नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै आम नागरिक समाज तथा राजनीतिक पुुाँर्टीहरुलाई समेत आन्दोलित हुन अपिल गरेको छ । सम्मेलनले १३ बुँदे समसामयिक प्रस्ताव पारित समेत गरेको छ ।
सम्मेलनले इच्छुक स्मृति राष्ट्रिय पुरस्कार कोष र रामचन्द्र हुमागाई स्मृति पुरस्कार कोष स्थापना गर्ने घोषणा समेत गरेको छ । सम्मेलनको बन्द सत्रमा संगठनका अध्यक्ष इन्द्र राउतले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र सचिव रामकुमार श्रेष्ठले प्रस्तुत गरेको विधान सुझावसहित सर्वसम्मत रुपमा पारित भयो ।
यसैबीच, नयाँ कार्य समिति निर्माण भएलगत्तै शनिबार बसेको पदाधिकारी तथा सचिवालयको बैठकलले मिडिया काउन्सील विधेयक जलाउने, देशैभर अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, जनपक्षीय मिडियाहरुको सम्मेलन गर्ने लगायतका निर्णयहरु गरेको छ ।