७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतसंग सम्बन्ध समधुर नै हुन्छ: काग्रेस नेता उपाध्याय

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७६, शनिबार ०९:०६

अर्घाखाँची । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व भारतिय राजदुत दिपकुमार उपाध्यायले भारतसंगको सम्बन्ध सधै समधुर रहने बताए । हाम्रो भुगोलले भारतसंग झगडा नभई मिलेर जानुपर्ने बताउँदै उपाध्यायले पानीबाट नेपालले भरपुण फाईदा लिनुपर्ने बताए ।
भारतिय प्रधानमन्त्रि मोदी नेपालबाट सकारात्मक सोच राख्ने नेता भएकाले समधुर सम्बन्ध नेपालसंग हुनेमा आफु आसावदी रहेको जानाकारी दिए । भारतसंग सहकार्य गरि विकासमा गति लिनुपर्ने उहाँको भनाई रहेको छ ।
नेपाल प्रेश युनियन अर्घाखाँचीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विप्लप माओवादीलाई बार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा आफु रहेको बताए । सिके राउतलाई वार्ताबाट निकास दिन सक्ने सरकारले विप्लपलाई वार्तामा ल्याउन पहल नगर्नुले त्यसको पछाडी अर्के केहि कारण हुन सक्ने जिकिर गरे ।
बर्तमान सरकारले काम भन्दा कुरा बढी गर्ने गरेको उल्लेख गदै स्थिर सरकारले पनि केहि गर्न सकेन भन्ने जनतामा परेको बताए । सरकारले वाईडवडी,सुनकाण्ड लगाएतका राष्टिय गौरवका योजनामा उल्लेदनिय काम गर्न नसकेको भन्द्र सरकारको नियत माथी नै शंका उप्पन भएको उहाँको भनाई रहेको छ ।
सरकारले ल्याएको बजेट वितरण मुखी रहेको भन्दै यस्तो बजेटले देशको विकास हुन नसक्ने दावी गरे ।