२२ बैशाख २०८१, शनिबार
Follow Us

‘मिस इंग्ल्याण्ड’ को फाइनलमा नेपाली युवती

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७६, शनिबार ०९:०९

लन्डन । बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा भाग लिएकी नेपाली मुलकी युवतीले प्रभावशाली उपस्थिति जनाएकी छिन् । नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत प्रतिस्पर्धाको फाइनालिस्ट बनेकी हुन् ।
गएराती सम्पन्न सेमिफाइनलबाट आफू फाइनालिस्ट बनेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

सेमिफाइनलमा च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ गरि ५ राउण्ड भएका थिए । जसमा उत्कृष्ट रहँदै उनी
मिस इंग्ल्याण्डमा भाग लिन आवेदन दिएका २२ हजारलाई उछिनेर सो स्थान बनाउन सफल भएकी हुन् ।

हङकङमा जन्मिएकी २६ वर्षीया प्रतिष्ठा बेलायतस्थित शडवरीमा बस्दै आएकी छन् । भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी उनले १६ वर्षमै मोडलिङ थालेकी थिइन् ।

युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तिर्ण प्रतिष्ठा पेशाले प्लोर प्लान आर्किटेक्ट हुन् । प्रतिष्ठाले परिवारको सहयोग र प्रेरणाको मिस इंल्याण्डममा भाग लिएको बताइन् ।


www.facebook.com
facebook.com