१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यस्तो छ एनआरएन राष्ट्रिय महाधिवेशन सञ्चालन नियमावली (नियमावलीसहित)

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७६, शनिबार ०९:५०

काठमाडौं– गैरआवासिय नेपाली संघ (एनआरएन) को राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली तयार भएको छ ।
एनआरएनको विधानको दफा २४ मा उल्लेखित राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशनलाई मर्यादित तथा व्यवस्थित गर्ने उद्देश्यका साथ संघको विधान २००३ (२०१७ संशोधनसहित) को दफा १७.६ अनुसार नियमावली तयार गरिएको महासचिव बद्री केसीले जानकारी दिए ।
नियमावलीअनुसार राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशन विश्व सम्मेलन भन्दा बढीमा ६ महिना र कम्तीमा १ महिनाअघि सम्पन्न गरिसक्नु पर्नेछ ।
यस्तै परिषद्ले महाधिवेशनको मिति तोकी कम्तीमा एक महिना पहिले क्षेत्रीय संयोजकमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई जानकारी गराउनुपर्ने छ भने महाधिवेशन गर्दा परिषद्का अन्य महाधिवेशनसँग नजुध्ने गरी तोक्नुपर्नेछ ।
नियमावलीअनुसार राष्ट्रिय महाधिवेशनमा पञ्जिकृत सदस्यहले लोकतान्त्रिक तथा विर्नाचनमा प्रयोग हुने विश्वव्यापी मान्यताको आधारमा परिषद्का पदाधिकारी तथा सदस्य निर्वाचित गर्न सक्ने व्यवस्था पनि रहेको महासचिव केसीले जानकारी दिए ।
परिषद्को अध्यक्ष बन्नको लागि सम्बन्धित व्यक्ति परिषद् वा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी भइ एक वर्ष काम गरेको हुनुपर्नेछ । सो पदमा दुई कार्यकाल भन्दा बढी रहन पनि पाइने छैन ।

Download Here