१६ चैत्र २०८०, शुक्रबार
Follow Us

युरोपेली च्याम्पियन्स लिग लाइभ हेर्नुहोस् (UEFA Champions League final: Tottenham Hotspur vs Liverpool – Live)

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७६, शनिबार १९:४६

म्याड्रिड — युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि शनिबार छिनोफानो हुँदा त्यससँगै जोडिएर आउने छ, कप, सम्मान र इतिहास । लिभरपुल र टोटेनहमका लागि भने यही फाइनल हुनेछ, उपाधिका लागि प्रतीक्षाको पीडादायी र लामो समयमा पूर्णविराम । दुवै टिमले अन्तिमपल्ट कुनै उपाधि जितेको समय जोड्ने हो भने १८ वर्ष पुग्छ । लिभरपुलले ७ वर्ष भयो केही नजितेको । टोटेनहमले त झन केही पनि नजितेको ११ वर्ष बितिसक्यो ।

LIVE CLICK HERE

पछिल्लो समय दुवै टिमले खुबै प्रगति गरेको छ । योर्गन क्लोप र माउरिसो पोचेटिनोले आ९आफ्नो टिमलाई खुबै बलियो बनाएका छन् । दुवै अहिले युरोपमा उपलब्ध प्रशिक्षकमध्ये सबैभन्दा बढी मागमा रहेका हुन् । क्लोपले एकातर्फ लिरभपुललाई रोमाञ्चक र भयरहित टिम बनाएको छ । त्यसो त पोचेटिनोले टोटेनहमलाई बहादुर र कहिल्यै हार नमान्ने टिममा दर्ज गरेको छ ।

इंग्ल्यान्डमा पछिल्लो समय धेरै म्यानचेस्टर सिटीको प्रशंसक बनेका छन्, त्यसले पस्कने खेलका कारण । तर लिभरपुल र टोटेनहमको उत्तिकै प्रशंसा गर्ने पनि कम छैनन् । दुवै आफैंले हुर्काएका खेलाडीका लागि प्रशंसाको पात्र बनेका छन् । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र ह्यारी विन्क्स क्लबको ‘युथ सिस्टम’ बाटै आए । एन्ड्र्यु रोबर्टसन, डेल अली र किरन ट्रिपियर पनि कम उमेरमै क्लबसँग जोडिएका हुन् । यी सबै खेलाडी वान्डा मेट्रोपोलिटानोमा हुने फाइनलमा खेल्न सक्छन् । तर दुवै टिमका लागि यो फाइनल हरूवा टिमको छवि धुने अवसर हुनेछ ।

लिभरपुलले अन्तिम पटक जितेको उपाधि भनेको सन् २०१२ को लिग कप हो । त्यस अगाडि उसले जितेको सन् २००६ को एफए कप हो । टोटेनहमले त झन सन् २००८ मा अन्तिमपल्ट जितेको थियो, लिग कप । त्यसअघि सन् १९९९ मा उसले त्यही प्रतियोगिता जितेको इतिहास छ । अर्जेन्टिनी पोचेटिनो आफैंले पनि मानेका छन्, टोटेनहमको विशेषता भनेको सफलता नजिक त पुग्ने तर त्यहाँ पुगेर फेरि नराम्रोसँग चुक्ने ।

जनवरीतिर उनलाई सोधिएको थियो, के टोटेनहमलाई उपाधिको खाँचो छ त रु उनको उत्तर थियो, ‘म यो तथ्यमा सहमत छैन । यो खाली क्लबको प्रशंसाका लागि मात्र चाहिन्छ । अहिले वास्तवमै हामीलाई चाहिएको भनेको त्यस्तो बलियो टिम बनाउनु छ, जसले लिगको शीर्ष चारमा आफूलाई समावेश गर्न सक्छ ।’ लिभरपुलमा भने अपेक्षा अलि बढी नै छ । क्लोपले टिम सम्हालेकै बेला भनेका थिए, चार वर्षभित्र केही ठूलो जित्ने ।