लण्डन — युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधिको लागि शनिबार भएको खेलमा जित हासिल गर्दे लिभरपुल युरोपियन च्याम्पियन बनेको छ ।

लिभरपुल र टोटेनहम बीच भएको खेलमा लिभरपुलले २ गोल हान्न सफल भयो भने टोटेनहम गोल रहित रह्यो ।

लिभरपुलले अन्तिम पटक जितेको उपाधि भनेको सन् २०१२ को लिग कप हो । त्यस अगाडि उसले जितेको सन् २००६ को एफए कप हो । टोटेनहमले त झन सन् २००८ मा अन्तिमपल्ट जितेको थियो, लिग कप । त्यसअघि सन् १९९९ मा उसले त्यही प्रतियोगिता जितेको इतिहास छ ।