१३ बैशाख २०८१, बिहीबार
Follow Us

पुननिर्माण प्राधिकरणको बैठक आज पनि

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७३, बिहीबार ०८:१२

काठमाडौं । पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज पनि बस्दैछ । भूकम्प पीडितलाई सरकारले ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेसंगै बजेटको जोहो गर्न, प्राधिकरणको जनशक्ति व्यवस्थापन तथा कर्मचारीको सुविधा, अति प्रभावित १४ जिल्लामा शाखा कार्यलय खोल्ने लगायत १४ वटा विषयमा निर्देशक समितिमा छलफल हुन लगोको हो ।
बैठक सिंहदरवारमा अपरान्ह ३ वजेपछि बस्नेछ ।
हिजोको बैठकमा एजेण्डामात्रै प्रस्तुत भएकाले आज विषयगत रुपमा छलफल हुने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाले भूकम्प पीडितलाई ३ लाख रुपैयाँ दिने आश्वासन दिएपनि यस अघी निर्णय भईसकेको अनुदान किस्ता बापतको ५० हजार रुपैयाँ समेत कतिपय प्रभावितले अझै पाएका छैनन् ।
झण्डै ६ लाख भूकम्प पीडितलाई जनही ३ लाख रुपैयाँ वितरण गर्दा आवश्यक श्रोतको अभाव हुने स्वयं सरकारी अधिकारीहरु बताउँछन् । आजको बैठकमा पीडितलाई दिईने ३ लाख रुपैयाँ सम्वन्धी आवश्यक बजेट व्यवस्थापनको बारेमा समेत छलफल हुने बताईएको छ । निर्देशक समितिले अति प्रभावित १४ जिल्लामा नै सम्पर्क कार्यलय खोल्ने समेत तयारी गरेको छ ।