१६ चैत्र २०८०, शुक्रबार
Follow Us

धौलागिरी अञ्चल अस्पतालमा पहिलो पटक शव राख्ने मेसिन

sarusaru
१९ जेष्ठ २०७६, आईतवार ०३:०२

बागलुङ – जिल्ला सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालले मरच्युरी च्याम्वर (शव राख्ने मेसीन) भित्राएको छ । अस्पातलको शवगृहमा लामो समय शव रहँदा गन्ध आउने समस्या थियो । मेसीन भित्रिएसँगै अब शव गन्हाउने समस्याको अन्त हुने अस्पताल विकास समितिका अध्यक्ष के. वी. राना मगरले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको १२ लाख रुपैयाँ अनुदानमा मेसीन खरिद गरिएको हो । धौलागिरी अञ्चलमानै पहिलो पटक बागलुङमा ल्याईएको यो मेशिनमा एकै पटक चारवटा शव राख्न सक्ने क्षमता रहेको छ । मेसिनमा राखेको शव एक बर्षसम्म पनि जस्ताको त्यस्तै रहने भएकाले सड्ने गल्ने वा गन्हाउने समस्याको समाधान हुने अध्यक्ष रानाले बताए ।

मेसिन खरीद सँगै अस्पतालमा आईपुगेकाले आवश्यक प्रकृया पुरा गरेर सञ्चालनमा ल्याईने रानाले बताए । ‘प्राय बेवारिसे शवहरु राख्दा धेरै दिन राख्नु पर्ने भएकाले गन्हाउने समस्या थियो’ रानाले भने ‘अब समस्या समाधान हुने छ ।’ भौतिक पुर्वाधार विकाससँगै मेसिनरीको व्यवस्थापनलाई पनि चुस्त बनाईएको रानाले दाबी गरे ।
जनमञ्च