१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति,अमेरिकाले जुन १५ मा टेक्सास, न्यूयोर्क र सन् फ्रान्सिस्कोमा जागरण कार्यक्रम गर्ने

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७६, आईतवार ११:०६

न्यूयोर्क – नेपाली जनसम्पर्क समिति,अमेरिकाले मातृ पार्टी नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अमेरिकामा पनि भव्यताका साथ आयोजना गर्ने भएको छ ।

जुन १५ तारिख शनिवार अमेरिकाको उत्तर पूर्वी क्षेत्र अन्तर्गत न्यूयोर्कमा,मध्य र दक्षिण क्षेत्रको लागि टेक्सास र सुदूर पश्चिम क्षेत्रका लागि सन् फ्रान्सिस्कोमा कार्यक्रम गर्ने समितिको बुधवार बसेको बैठकले निर्णय गरेको छ ।
सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका समितिका अध्यक्ष आनन्द विष्टको सभापतित्वमा सम्पन्न कन्फरेन्स बैठकले तीनै क्षेत्रको भेलाका लागि प्रमूख अतिथि र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ ।

समितिले न्यूयोर्कमा हुने कार्यक्रमको तयारी र समन्वय गर्न महासचिव मुनिन्द्र नेम्वाङ्ग,टेक्सासको तयारी र समन्वय गर्न उपाध्यक्ष सीपी पौडेल र सन् फ्रान्सिस्कोको तयारी र समन्वय गर्न अर्का उपाध्यक्ष धर्मराज श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि समेत तोकेको छ ।

यसैगरी समितिको बैठकले न्यूयोर्कमा कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ,टेक्सासमा अर्का केन्द्रीय सदस्य रमेश रिजाल र सन् फ्रान्सिस्कोमा समितिका सभापति एवं कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको प्रमूख आतिथ्यमा जागरण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
जागरण कार्यक्रममा सम्बन्धित क्षेत्र अन्तर्गतका च्याप्टर,केन्द्रीय समिति,केन्द्रीय सल्लाहकार समिति,पूर्व पदाधिकारी र सदस्यहरु,महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुसहित कांग्रेसका क्रियाशील सदस्यहरु सहभागी हुनेछन् ।
कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले तय गरेको निर्देशिका अनुसार नै गरिनेछ ।
यो कार्यक्रम लगत्तै जनसम्पर्क समिति,अमेरिकाका कतिपय पदाधिकारी र सदस्यहरु जुन २१,२२ र २३ तारिख डेनमार्कमा हुने कांग्रेसको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने र त्यसबाट फर्के लगत्तै समितिको अन्य कार्यक्रमलाई अमेरिकामा अघि बढाइने समितिका अध्यक्ष आनन्द विष्टले जानकारी दिएका छन् । विष्टले पार्टीको दुवै कार्यक्रम ९जागरण र डेनमार्क प्रशिक्षण० मा सहभागी हुन सबै कांग्रेसजनलाई अनुरोध समेत गरे ।
बुधवारको बैठकले राष्ट्रिय जागरण कार्यक्रम तय गर्ने बाहेक हालै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचनमा विजयी अध्यक्ष सुनील साहलगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गर्ने निर्णय समेत गरेको छ । एनआरएनमा समितिका उपाध्यक्ष सीपी पौडेल लगायत समितिका अधिकांश सदस्यहरु निर्वाचित भएका छन् ।

साहलाई जनसम्पर्क समितिले आफ्नो आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो । बुधवारको बैठकमा सभापति आनन्द विष्ट,उपसभापति, धर्मराज श्रेष्ठ,उपसभापति चेत प्रसाद पौडेल,उपसभापति केशव बराल,महासचिव, मुनिन्द्र नेम्बाङ,सचिव भोजराज थोकरसहित सदस्यहरु ज्ञानेन्द्रराज कार्की,हरीवोल भण्डारी,सुन्दर गुरुङ,सुवास लामा,मान्ती शाह,ओम भट्टराई,लोक लामा, किलन राई,गोपाल बिश्वकर्मा,रबिन बस्नेत,पविता परियार,चन्द्रकान्त धिताल,परमानन्द खनाल, गौतम दाहाल र गोविन्द लम्साल थिए भने वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसीले आफू हाल नेपालमा भएका कारण उपस्थित हुन नसकेको भन्दै बैठकका निर्णयमा समर्थन गर्ने जानकारी गराएका थिए ।
डस्घद्द ब्ः