१३ बैशाख २०८१, बिहीबार
Follow Us

अर्थमन्त्री भन्छन्, ‘हातले बजेट जोड्दा त्रुटी भयो’

sarusaru
१९ जेष्ठ २०७६, आईतवार १३:३७

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा प्रतिपक्षी दल नेपाली कांग्रेसले त्रुटी भेटेको छ ।

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले उक्त त्रुटीले राजश्व र व्ययको तादाम्यता नमिलेको भन्दै संसदमा ध्यानाकर्षण गरेपछि अर्थमन्त्री खतिवडाले उक्त त्रुटी हातले गरिएको कामका कार भएको बताएका छन् ।

खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अंकमा तलमाथि नपरेको पनि स्पष्ट पारे । खतिवडाले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अंक प्राविधिक कारण संघमै देखिए पनि यसलाई सच्याइसकिएको बताए ।

उनले भने, ‘उपकरणले जोड्नुपर्ने अंक हातले जोडिएका कारण अनुसूची विवरणमा प्राविधिक त्रुटि देखियो । यसलाई सच्याइएको छ ।’ अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयन गर्न बजेटले उच्च प्राथमिकता दिएको र आन्तरीक ऋण रू १७२ अर्बभन्दा माथि नजाने बताए ।

कांग्रेस नेता रिजालले आर्थिक वर्ष २०७६÷७६ को राजश्व र व्ययको वार्षिक अंकको अनुसूचीमा त्रुटि देखिएको भन्दै अर्थमन्त्रीले जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने बताएका थिए ।
डिसी नेपाल