१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए कुवेतको महाधिवेशन अगष्ट ०२ मा

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७६, आईतवार २३:४४

कुवेत । आगामी जुलाई २६ मा हुने भनेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतको छैटौँ महाधिवेशन मिति पर सरेको छ । संघको गत मे १६ तारिख बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकालको लागि महाधिवेशनको मिति २६ मा तय गरेको थियो तर उक्त दिनमै बहराइन देशको पनि राष्ट्रिय महाधिवेशन हुनेभएकाले आइसिसीको निर्देश बमोजिम अगष्ट ०२ तारिखको लागि सारिएको महासचिव हरि लावतीले जानकारी दिए ।

संघले आगामी कार्यकालको लागी नयाँ पन्जीकृत सदस्यता आवेदन खुल्ला पनि गरेको छ । पन्जीकृत सदस्यता आवेदन १९ मे तारिखदेखि १९ जुलाई २०१९ सम्म अनलाइनमार्फत खुल्ला गरिएको महासचिव लावतीले बताए ।

नयाँ सदस्यता लिनको लागि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information Systems) मा नयाँ अनलाईन आवेदन दिन सकिनेछ । यसको लागी https://mero.nrna.org/ मा गई Membership Registration भित्र आवश्यक विवरण भर्नु पर्नेछ ।साथै पूर्व प्रकाशित पञ्जीकृत सदस्य शुल्क केडि २.५०० बाट घटाई केडि २.००० मात्र गरिएको एनआरएनए कुवेतले जनाएको छ ।

छैटौँ राष्ट्रिय महाधिवेशनको लागि परिषदका सल्लाहकार शिव कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समिति सदस्यहरूमा जय आले मगर, आनन्द आचार्य, नैनकला राई र गणेश रावत रहेका छन् ।