१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने

sarusaru
२० जेष्ठ २०७६, सोमबार ०१:३८

डोटी । जिल्लाको दुर्गम क्षेत्रमा रहेको बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने भएको छ।

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन पहल चालिएको अध्यक्ष कमलबहादुर गडसिलाले बताए। उनले भने, ‘गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन हामीले द्रुत गतिमा काम अगाडि बढाएका छौँ, सम्भवतः केही महीनामै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्ने छौँ।’

प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीबाट दुर्गममा रहेका बस्तीमा पनि गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेर पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने गरी काम भइरहेको गाउँपालिकाका कार्यकारी प्रमुख शङ्कर सुचिकारले बताए।

यसै सिलसिलामा आज मात्रै वडा नं ५ धिर्कामाण्डौँमा सामुदायिक स्वास्थ्य एकाइको उद्घाटनसमेत गरिएको छ । यस वर्ष मात्रै तीन वटा स्वाथ्य एकाइको स्थापना गरेको छ।

वडा नं ४ सात्फरीको बल्लेकाँडा र वडा नं ३ कानाचौरको मेल्टामा पनि स्वास्थ्य एकाइ यसै वर्षदेखि शुरु भएको वडाध्यक्ष दीपबहादुर बमले जानकारी दिए।
डिसी नेपाल