६ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी रणनीतिमा ‘नेपाल साझेदार’

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७६, सोमबार ०३:०१

काठमाडौँ — संयुक्त राज्य अमेरिकाले हालै सार्वजनिक गरेको ‘हिन्द–प्रशान्त रणनीतिक प्रतिवेदन’ मा नेपाललाई एक महत्त्वपूर्ण रणनीतिक साझेदारका रूपमा उल्लेख गरेको छ । परराष्ट्र मामिलाका जानकारहरूका अनुसार प्रतिवेदनमा उल्लेखित विषय नयाँ कुरा नभए पनि रणनीतिको लिखित दस्तावेज भने हो ।
परराष्ट्रका एक अधिकारीका अनुसार नेपाल, मालदिभ्स र श्रीलंकाजस्ता साना देशलाई पनि अमेरिकाले महत्त्वका साथ प्रतिवेदनमा उल्लेख गर्नु अर्थपूर्ण छ ।

अमेरिकी रणनीतिले ‘नियममा आधारित अन्तर्राष्ट्रिय मान्यता’ स्वीकार गर्ने र त्यसमार्फत राष्ट्रहरूले आफ्नो सम्प्रभुता संरक्षण गर्न पाउनुपर्छ भनेर लेख्नुलाई परराष्ट्र मामिलाका टिप्पणीकार टीका ढकाल सकारात्मक मान्छन् । ‘यसले भूपरिवेष्टित देशको समुद्रसम्मको पहुँचको अधिकारलाई पनि सम्मान गर्ने भएकाले यो मान्यता हाम्रा लागि उपयोगी छ,’ उनी भन्छन् ।

अमेरिकाले नेपाललाई क्षेक्रीय शत्तिको आँखाले हेर्छ भन्ने संशय भइरहेका बेला प्रतिवेदनमा अमेरिकाले नेपाललाई साझेदार मान्नु महत्त्वपूर्ण रहेको ढकालको बुझाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।