१५ चैत्र २०८०, बिहीबार
Follow Us

न्यायपरिषद्मा एक हजार ३४ न्यायाधीशविरुद्ध उजुरी

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७६, सोमबार ०३:०६

काठमाडौं–न्यायपरिषद् स्थापना भएको २९ वर्षमा दोस्रो न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । परिषद्ले आइतबार तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसअघि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अभियोगमा ८ भदौ ०६२ प्युठान जिल्लाका न्यायाधीश वीरेन्द्रकुमार कर्णविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।
नयाँ पत्रिका दैनिकका अनुसार न्यायपरिषद्मा एक हजार ३४ न्यायाधीशविरुद्ध उजुरी परेको छ ।