६ बैशाख २०८१, बिहीबार
Follow Us

बजेटमा मधेसी सांसदको असन्तुष्टि

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७६, सोमबार ०३:११

आर्थिक वर्ष ०७५/७६को बजेटबारे संसद्मा आइतबार पनि सांसदह्रूले आ–आफ्ना भनाइ प्रस्तुत गरे । सत्तारुढ दलका सांसदले बजेटको प्रशंसा गर्दै बजेटले देशलाई समृद्धिको बाटोमा लैजान मदत पु-याउने तर्क गरे । कांग्रेसलगायत प्रतिपक्ष दलका नेताहरूले भने बजेट छरिएको आरोप लगाए । मधेसकेन्द्रित दलका प्रतिनिधिहरू भने सरकारले ल्याएको बजेटमाथि सन्तुष्ट देखिएनन् । उनीहरूले मधेसप्रति बजेटमा विभेद गरिएको आरोप लगाएका छन् । प्रदेश २ लाई त सरकारले सौतेनी व्यवहार गरेको सांसद प्रदीप यादवको भनाइ थियो, नयाँ पत्रिका दैनिकमा खबर छ ।