११ बैशाख २०८१, मंगलवार
Follow Us

बजेट आफैमा भ्रमपूर्ण छ : पूर्व अर्थमन्त्री कार्की

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७६, सोमबार ०८:०३

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसाद एवम् पूर्व अर्थमन्त्री ज्ञनेन्द्रबहादुर कार्कीले बजेटले मुलुकको समग्र विकास हुनेमा आशंका व्यक्त गरेको छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा पूर्व अर्थमन्त्री कार्कीले भने,‘ ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने कुरा छ । त्यो केबल नारामा सिमिति छ । यसलाई वास्तविकतामा बदल्ने सामर्थ यो बजेटसँग छ भन्ने मलाई लाग्दैन ।’
उनले बजेट आफैमा भ्रमपूर्ण रहेको तर्क गरे । ‘संक्षिप्तमा भन्दै यो बजेट आफैमा भ्रमपूर्ण छ । प्रचार मुखी छ । संघीताको मर्म र भावना विपरीत छ,’ पूर्व अर्थमन्त्री कार्कीले भने,‘यो बजेटले न विकास गर्न सक्न, न मुलुकलाई अग्रामी दिसातिर लिन सक्छ ।’
उत्पादन, रोजगारी र पार्यटन क्षेत्रको विकासलाई बजेटले समेट्न नसेको उनको आरोप छ । ‘यो बजेट पुरै वितरण मुखी छ । वितरण मुखी बजेटले मुलुकको दीर्घककालीन समस्याको समधानको साटो समस्यामा समस्या थप्छ ,’ उनको भनाई थियो ।