७ बैशाख २०८१, शुक्रबार
Follow Us

ल्यापटप तथा मोबाइल चोरी गरेको अभियोगमा चार जना पक्राउ

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७६, सोमबार १६:०७

पर्सा- काठमाडौं उपत्यकाका विभिन्न होस्टेलबाट मोबाइल तथा ल्यापटप चोरी गरेको अभियोगमा ४ जनालाई महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-९ बनगाँउ घर भएका २३ वर्षीय बालकृष्ण चौधरी, काठमाडौं कालोपुल बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय राजन थापा, काठमाडौं काडाँघारी बस्ने काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-५ घर भएका २३ वर्षीय शिखर गौतम र काठमाडौं रामहिटी बस्ने उदयपुर रौतामाई गाउँपालिका-१ घर भएका २४ वर्षीय डेबिट भन्ने बिष्णु बहादुर तामाङ रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप ९ थान र मोबाइल ५ थान समेत बरामद गरेको छ । पक्राउ परेकामध्ये बालकृष्ण र राजन चोरी गर्ने कार्यमा संलग्न रहेको तथा शिखर र बिष्णुबहादुर चोरीको सामान खरिद गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।
पक्राउ उनीहरुलाई थप आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।