१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ब्राउन सुगरसहित दाङबाट तीन पक्राउ

sarusaru
२१ जेष्ठ २०७६, मंगलवार ०२:१०

दाङ : दाङ प्रहरीले ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुको साथबाट एक सय ८० ग्राम ब्राउन सुगरसहित केही नगद रुपैयाँ र गाडीसमेत बरामद गरेको छ। सुर्खेत बिरेन्द्रनगर नगरपालिका- ५ का ३६ वर्षीय लक्ष्मण सापकोटा, नेपालगंज उपमहानगरपालिका- १५का ३२ वर्षीया गुड्डु कवडिया र सोही ठाउँका २४ वर्षीय रुक्सार कवडियालाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ। सापकोटा गाडी चालक हुन् भने अन्य दुईजना गाडीमा सवार व्यक्ति हुन्।

प्रहरीले बा १९ च ८८३३ नम्बरको हाइलेक्स गाडी समेत नियन्त्रणमा लिइएको छ। नेपालगंजबाट दाङतर्फ आइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले लमही नगरपालिका- ९ अमिलिया चोकबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवत्ता प्रहरी नायब उपरीक्षक बिनोद विक्रम शाहले जानकारी दिए।

साथै प्रहरीले उनीहरुको साथबाट सात नगदसहित तीन थान मोबाइल पनि नियन्त्रणमा लिएको छ।

अन्नपूर्ण पोष्ट