काठमाडौं– बजेटमाथिको छलफलमा सांसदहरुको उपस्थिति न्यून रहेको छ ।
विद्वान सांसद तथा काँग्रेस नेता प्रदीप गिरी बोल्दा संसदका अधिकांश कुसीहरु खाली देखिएको पत्रिकाले तस्बिरसहित समाचार छापेको छ ।
गिरीले भने(बजेटबारे एउटा आधारभूत कुरा भन्छु । उर्दूमा एउटा कथन छ– लुकमे के फेर से खुदा जुदा हो जाता है । उर्दूमा एउटै शब्दमा चन्द्रबिन्दु राखे त्यो खुदा ९ईश्वर० हुन्छ, हटाए जुदा ९विछोड० हुन्छ । बजेटको ४७ पेजमा ‘आधुनिक सभ्यताका मानक नै सुविधायुक्त सहर भएको र मुलुकको विकासको स्वरूप सहरी पूर्वाधारबाटै प्रतिबिम्बित हुने यथार्थलाई ध्यान दिँदै सहरी विकासको कार्यक्रम प्रस्तुत गरेको छु,’ भनिएको छ ।

यस पंक्तिमा एउटा शब्द फेरिदिने हो भने मलाई यो बजेट पूर्णतः स्वीकार छ । त्यो खुदालाई जुदा बनाउने शब्द हो । के आधुनिक सभ्यताको मानक सहर हो त रु काठमाडौंलाई सहरको सट्टा कहर बनाएर पनि चित्त बुझेन रु कहरको अर्थ हो बर्बादी । यसलाई तपाईं ठाँटले ‘आधुनिक सभ्यताको मानक नै सुविधायुक्त गाउँ ।।।’ लेख्न सक्नुहुन्न रु के गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन रु गाउँलाई नै सुविधायुक्त बनाउनु आजको नेपालको चुनौती हो कि होइन रु एउटा शब्द छ, पियुआरए ९प्रोभाइडिङ अर्बन एमेनेटिज टु रुरल एरियाज्० । अब्दुल कलाम भारतका राष्ट्रपतिले प्रयोग गरेको शब्द हो यो । बिन्ति छ– सहरलाई गाउँ बनाइदिनुस् त, सारा बजेटको रुपरेखा बदलिन्छ । तर, गाउँ, सहर, अझ ठूलो सहर, अनि फोहोर काठमाडौँ त्यसपछि विदेश जाने लर्को छ । यही हो नेपालीको नियति रु ५०–६० वर्षअघि देश बनाउने कसम खाएका होइनौँ रु हामीले गाउँ बनाउने हो । सहरलाई अभैm कति चाहिने हो रु गाडी पुगेन कि स्कुल पुगेन कि अस्पताल रु

अर्को प्रश्न– सभ्याताको परिभाषा के हो रु मैले पनि यसबारे विचार गरेको छु । सभ्य भनेको त्यो हो, जो सभामा बस्न लायक छ । हाम्रा आचरण हेर्दा आफैँलाई सभ्य भन्न सकिन्न । गाउँका साधारण मानिसमा के कमी छ र ऊ सभ्य भएन रु के ऊ छिमेकीप्रति दयालु छैन रु मर्दा–पर्दा अरुलाई साथसहयोग गर्दैन रु तर, यो सहरमा तल्लो तलाको मान्छे मर्दा माथिल्लो तलाको मान्छे मलामी जाँदैन । विकासको आजको जुन धारणा छ, त्यो आधारभूत रुपमा गलत छ । असभ्य छ, बर्बर छ, पाशविक छ ।

कति आयु छ वर्तमान प्रधानमन्त्रीको रु उहाँको ठट्टाअनुसार ५ दिन । अर्का आकांक्षीका अनुसार १५ महिना । पाँच वर्ष । यस देशमा नीतिको बारेमा छलफल हुँदैन । नेताको बारेमा मात्र हुन्छ । कति प्रधानमन्त्री हेर्ने रु यस देशलाई चाहिएको तथाकथित समाजवादी नीति भनेको के हो रु हामी जता गए पनि समाजवादतर्फ गइरहेका छौँ । समाजवाद भनेको जीवनप्रति अर्कै दृष्टिकोण हो । सबै मनुष्य मनुष्य हुन् भन्ने दृष्टिकोण हो ।

विपी र माओबाट मैले समाजवाद सिकेको हो । बिल्कुल अलग धारका । गान्धीको नाम किन लिन्नँ भने गान्धीले कहिल्यै पनि आफूलाई समाजवादी भनेनन् । बिपीका रचनाका बारे म ढुक्क छु– हामीलाई धेरै थाहा छैन । कतिपय अन्तर्विरोध भए पनि उनले आखिरी वर्षमा बारम्बार विकास भनेको मानवीय प्रक्रिया हो भनेका थिए । तर, यो बजेटमा मानवीय पक्ष छ, स्वास्थ्य, शिक्षा, रोजगारीको कुरा छ । तर, यसमा के छैन रु जुन शिक्षकले हाजिरी गर्छ तर आफैं राम्ररी पढाउँदैनन्, आफ्ना छोराछोरीलाई भने ट्विंकल– ट्विंकल लिटिल स्टारमा पढाउँछन्, यो बजेटले त्यसलाई ‘दूर’ गर्न सक्छ रु शिक्षक र कर्मचारीलाई हाजिर गराउन सक्नुहुन्छ रु कृषि अनुदान खाने बिचौलियालाई रोक्न सक्नुहुन्छ रु त्यसकारण यो काम अर्थमन्त्रीको वशमा छैन । नयाँ विचार ल्याउनुहोस् । समाजवाद भनेको नयाँ सभ्याता हो, दुईचार हजार रुपैयाँ बढाउनु वा घटाउनु होइन ।दुईटा अनुरोध, या त यो बजेटबाट समाजवाद शब्द हटाइदिनुस्, म खुसी हुनेछु । या सहरलाई गाउँ बनाइदिनुस् म तपाईँलाई धन्यवाद दिनेछु ।