८ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौंको सडकमा तीब्र गतिमा सवारी हाक्न प्रतिबन्ध

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार ०२:३३

काठमाडौं–बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–कलंकी र कोटेश्वर–सूर्यविनायक सडकखण्डमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोग गर्ने भएको छ । महाशाखाले यसका लागि तीनवटा ‘लेजर गन’ ल्याइसकेको छ ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले एक सातापछि तीव्र गतिका सवारीसाधनविरुद्ध कारबाही हुने जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।