४ बैशाख २०८१, मंगलवार
Follow Us

कलंकी–कोटेश्वर सडकमा दुर्घटना उच्च

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार ०२:३९

काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार ११ महिनायता विस्तारित कलंकी–कोटेश्वर सडकखण्डमा भएको सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् ।

२२९ जना घाइते भएका छन् । यो सडकखण्डमा एक सय ७० सवारी दुर्घटना भएका छन् । ‘विस्तारित कोटेश्वर–कलंकी सडक सञ्चालनयता सवारी दुर्घटनाको संख्या बढेको छ । धेरैले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या पनि त्यत्तिकै धेरै छ । यसलाई न्यूनीकरण गर्न हामीले लेजर स्पिड गन प्रयोग गर्न लागेका हौँ,’ महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले भने । यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।