४ बैशाख २०८१, मंगलवार
Follow Us

पोलिटब्युरोअघि नेकपाका केन्द्रीय सदस्यहरूको कार्यविभाजन

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार ०२:४४

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो गठन पहिल्यै केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने गृहकार्य गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साढे तीन घन्टा भएको छलफलमा दुई अध्यक्षबीच पोलिटब्युरो गठन हुनु पहिल्यै सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन गर्ने समझदारी भएको हो । यसअघि पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने गरी नेताहरूले सूची टुंग्याएका थिए ।