१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रचण्डको अभिव्यक्तिले पूर्वएमालेमा खैलाबैला

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार ०२:५०

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदाको सहमतिको बेलामा प्रधानमन्त्री वा पार्टी अधयक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपा शीर्ष नेताबीच ध्रुवीकरण सुरु भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
समय आएपछि नेतृत्व हस्तान्तरण हुनुपर्नेमा पूर्व माओवादी केन्द्रभित्र स्पष्ट धारणा छ । पूर्व एमाले समूहमा भने प्रचण्डको अभिव्यक्तिले खैलाबैला मच्चिएको छ ।
पार्टीभित्र बहुकेन्द्र सिर्जना गर्न नहुने पार्टी सचिवालय सदस्य समेत रहेका नेता ईश्वर पोखरेलको भनाई छ । नेता वामदेव गौतम भने ‘एक नेता एक जिम्मेवारी’को विधिअनुसार काम बाँडफाटको पक्षमा छन् ।
नेता पोखरेल जो प्रधानमन्त्री छ उही अध्यक्ष हुनुपर्ने वा अध्यक्ष जो छ उही प्रधानमन्त्री हुनेगरी एउटा मात्र केन्द्र बनाउनु पर्छ भन्ने अडानमा छन् ।
विगतको समझदारीलाई प्रचण्डले गलत समयमा बाहिर ल्याएको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।