१५ चैत्र २०८०, बिहीबार
Follow Us

चिकित्सक लाइसेन्स नवीकरण गर्न अब १०० अङ्क अनिवार्य

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार ०३:०५

काठमाडौँ– अबदेखि चिकित्सकको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न पाँच वर्षभित्र एकसय अङ्क ल्याउनै पर्ने भएको छ ।

नेपाल मेडिकल काउन्सिलले जारी गरेको ‘निरन्तर पेशागत उन्नयन कार्यक्रम’ (सीपीडी) अनुसार पाँच वर्षभित्र चिकित्सकले एकसय अङ्क ल्याउन नसके चिकित्सकको लाइसेन्स नवीकरण हुने छैन ।
नेपाल मेडिकल काउन्सिलले सीपीडी लागू गरेसँगै लाइसेन्स नवीकरणका लागि चिकित्सकले पाँच वर्ष भित्र एक सय अङ्क ल्याउनै पर्ने अबस्था आएको हो ।गोरखापत्र दैनिकमा खबर छापिएको छ ।