१३ बैशाख २०८१, बिहीबार
Follow Us

मैलुङ-स्याफ्रुबेसी सडक खण्डमा टाटासुमो दुर्घटना हुँदा एकै परिवारकाे तीनको मृत्यु

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार ०५:२४

रसुवा स्थित मैलुङ-स्याफ्रुबेसी सडक खण्डमा साेमबार साँझ टाटासुमो दुर्घटना हुँदा एकै परिवारकाे तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

निर्माणाधीन सडक खण्ड अन्तरगत रसुवाको कालिका गाउँपालिका-१ गुम्चेतमा भएकाे
बा. १० च ५८२० नम्बरको टाटसुमाे दुर्घटनामा दुई जनाकाे घटनास्थलमा र एक जनाकाे उपचारको लागि अस्पताल लैजादै गर्दा बाटाेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रसुवाकाे अामा-छाेदिङ्बाे गाउँपालिका वडा नं ४ गाेल्जुङका ३४ वर्षीया मेन्दाे घले, ३२ वर्षीया साइली घले र २९ वर्षीय नुर्बु तामाङ रहेकाे रसुवाका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) भागेन्द्र ढकालले जानकारी दिनुभयाे ।

दुर्घटनामा परेर घाइते हुनेमा २९ वर्षीया याेङजाेेङ तामाङ र उहाँको छाेरा पाँच वर्षीय वाङ्जाेङ तामाङ, तीन वर्षीय बालक निमा छेवाङ तामाङ, ३५ वर्षीया देउरानी तामाङ र गाडीका चालक ३० वर्षीय निमाकामी घले रहेका छन् । उनीहरुकाे अबस्था गम्भीर रहेकाले जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि साेमबार राति नै काठमाडौ पठाइएकाे नुवाकोट प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार एउटै परिवारका सदस्य रहेका उनीहरु पाेखरा स्थित गुम्बामा अध्ययनकाे लागि राखेकाे बच्चासंग भेट गरेर घरतर्फ फर्कदै गरेकाे समयमा साेमबार साझ साढे ६ बजे दुर्घटनामा परेका हुन् ।
प्रहरी चौकी बेत्रावतीमा जाँचकाे क्रममा उक्त गाडीमा चालक सहित एउटै परिवारका ११ जना रहेको उल्लेख गरिएको थियोे ।
दुर्घटना पश्चात् गाडी सडकबाट करीब एकसय मिटर तल रहेकाे त्रिशूली नदी किनारमा पुगेकाले सम्पर्कबिहिन रहेकाहरुकाे खाेजी भइरहेकाे प्रहरीले जनाएको छ ।

घटनास्थलमा उद्वार एंव खाेजीकाे लागि रसुवा र नुवाकोटबाट परिचालन भएकाे नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।
निर्माण भइरहेकाे कच्ची सडकमा रातकाे समयमा तिव्र गतिमा चलाएकाले अनियन्त्रित भएर गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ ।