१३ बैशाख २०८१, बिहीबार
Follow Us

सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ५९ जनालाई दज्र्यानी चिन्ह प्रदान

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार ०६:०७

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका एक जना तथा सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ५९ जनालाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २० गते आयोजित एक समारोहका वीच दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको यही जेठ १७ गतेको निर्णयले उँहाहरु सो दर्जामा पदोन्नती हुनुभएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा संगठनमा आवद्वरही राष्ट्र र नागरीकको सेवा सुरक्षामा कर्तव्यनिष्ट भई ईमान्दारितापूर्वक पु¥याएको योगदानको फलस्वरुप पदोन्नती भएको चर्चा गर्नुहुँदै उहाँहरुलाई आगामी दिनहरुमा समेत दर्जासँगै बढेको जिम्मेवारी निर्वाहमा कटिवद्ध रहन निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु पूर्णरुपमा व्यावसायीक भई सामूहिक भावनाका साथ जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने बताउनुहुँदै व्यक्तिगत स्वार्थभन्दा माथी उठेर फौजी संस्कार र मर्यादामा रही संगठनलाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहीरहन निर्देशन समेत दिनुभयो ।

उहाँले अधिकृत तहका कर्मचारीहरुले मातहत कर्मचारीहरुलाई समेत सिकाउँदै उनीहरुको बृत्तिविकासमा ध्यान पु¥याउदै राष्ट्र र संगठनले लिएको उद्देश्य पुरागर्ने कार्यमा कर्तव्यनिष्ट, लगनशिल र ईमान्दारीतापूर्वक कटिवद्व भई लागिरहनुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको ‘समृद्व नेपाल सुखी नेपाली’ को लक्ष्य साकारपार्न राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको भुमिका समेत महत्वपूर्ण रहने हुनाले राष्ट्र र नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपद्विपद्मा उद्धार कार्यमा अहोरात्र कृयाशिल रहन निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।